हिजोबाट सुरु भएको १२ वर्षो मकर मेलामा आउने भक्तजनको स्वास्थ्यलाई ख्याल गदैँ विभिन्न स्वास्थ्य संघसंस्थाहरुले निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका छन् । सोही क्रममा पनौतीस्थित पनौती सामुदायिक अस्पतालले पनि आजदेखि निःशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ ।
पनौतीमा हिजोबाट सुरु भएको मकर मेलामा आउने तिर्थालु भक्तजनको स्वास्थ्यलाई ख्याल गदैँ जिल्ला जनस्वास्थ्य केन्द्र काभ्रे, अल्का अस्पताल जाउलाखेल नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा, सुन्थान प्राथमिक उपचार केन्द्र सुन्थान लगायतका दजनौँ स्वास्थ्य सेवासँग सम्बन्धित संघ संस्थाले एक महिनासम्म निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरेका छन् ।
त्यसैगरी मेला भर्न आउने भक्तजनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र मजदुर संगठन बनेपा इकाइ र पनौती नगरपालिका तथा अन्य विभिन्न अस्पतालहरुले २४ घण्टा नै एम्बुलेन्स खडा गरेका छन् ।

