निषेधित क्षेत्रमा खुलेआम मदिरा
Category: News

मकरमेलालाई लक्षित गरी मेलाअवधिभर जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनौती क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले मदिरा निषेधित क्षेत्र घोषणा गरे पनि पनौतीमा खुलेआम मदिराको विक्रीवितरण भइरहेको छ । विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा सहजै विभिन्न ब्राण्डका रक्सी तथा घरेलु उत्पादनका मादक पदार्थहरु उपलब्ध रहेका छन् ।

प्रशासनले निषेधित क्षेत्र घोषणा गरेता पनि त्यसको कुनै अनुगमन भने गरेको छैन । मेला व्यवस्थापनका लागि सयौंको संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरेता पनि त्यसतर्फभने उनीहरुको ध्यन गएको छैन । यतिसम्म कि सडकमा रिङमार्फ घेराभित्र पारी जित्न सकिने खेलमा समेत विभिन्न ब्राण्डका रक्सीहरु राखिएका छन् । मेलामा विभिन्न अवान्छित घटना नहोस भन्नका निमित्त घोषित मदिरा निषेध देखावटी मात्र सावित भएको छ । यसरी खुलेआम मदिराको विक्रि वितरणले पवित्र धार्मिक मेलामा अप्रिय घटना नहोला भन्न सकिन्न ।

[Source: Kavreli.com]

Comments are closed.